यो साइटमा तपाइले यस गाँऊको इतिहास,यसको भौगोलिक वनावट,यहाँ वसोवास गर्ने विभिन्न जात-जातिहरू अनि अध्यन र रोजगार व्यवसायको क्रममा हाल गाँऊवाट वाहिर रहेका आप्रवासीहरूको यस गाँऊलाई “नमुना गाँऊ”वनाउने विभिन्न कार्यक्रमका सम्वन्धमा सञ्चालित एउटा संयुक्त अभियानकोवारेमा जानकारी लिन सक्नु हुने छ।
भौगोलिक रुपमा,मध्यपश्चिमाञ्चलको रुकुम जिल्लाको एक विकट स्थानमा अवस्थित गाँऊ हो, झुम्लावाङ्ग !यस गाँऊको आफ्नै गौरवमय इतिहास छ। तर समय क्रममा यस गाँऊ पनि अधिकांश नेपालका गाँऊ सरह विकासका हरेक पक्षवाट पिछदिएको छ। नेपालको परिप्रेक्षमा पनि सामान्य आधारभुत आवश्यक्तावाट बञ्चित हामी यस गाँऊका वासिन्दाहरू, हामीहरूको गाँऊलाई ५ वर्ष भित्रै “नमुना गाँऊ” वनाउन प्रतिवद्द भएका छौ। यो एउटा अभियान हो। यो अभियान,यहाँ अहिले वसोवास गरिरहेका गाँऊवासीहरु, प्रवासमा रहेका यस समाजका सदस्यहरु, र अपेक्षित यस अभियानका शुभ-चिन्तकहरू विचको सहकार्य हो। हामीहरु विश्वश्त छौ कि यस अभियानलाई सफल वनाउन तपाईहरूले होस्तेमा हैसे गर्नु हुनेछ।
हामीहरु सधैं तपाइहरुको सहयोग,सल्लाह र सुझावको प्रतिक्षामा छौं। हामीहरुको गाँऊलाई वेवसाइटमै भएपनिभेट्न आउनु भएकोमा तपाइलाई धेरै धेरै धन्यवाद। हामी आशान्वित छौं कि एक दिन हामीहरु तपाइलाई प्रत्यक्ष रूपमा गाँऊमा नै स्वागत गर्न पाउने छौं। हामीहरूको अभियानको वारेमा वताउन मात्र होइन,हामीहरूले गरेका कामहरू प्रत्यक्षरूपमा देखाउन पाउने छौं। त्यो दिन हामीहरुको लागि खुशीको दिन हुने छ।